मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं– मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले बिक्रीमा ल्याएको सो शेयर हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने बैंकले जनाएको छ । सो शेयर खरिदका लागि ३५ दिनभित्र किन्न चाहेको शेयर विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय र शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा निवेदन दिनुपर्नेछ ।