काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे प्रतिशत बोन शेयर पारित भएकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत बोनस दिने भएको छ।
साथै, कम्पनीले चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद जारी गर्ने भएको छ। उक्त बोनस दिएपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार बराबरको हुनेछ। जसका लागि कम्पनीकाे असोज २३ गते साधारणसभा बस्ने भएकाे छ ।
सभाले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च भएको ३ लाख ७५ हजार रुपैयाँ अनुमोदन गर्ने, नाफा नोक्सानको हिसाब, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव रहेकाे छ ।
प्रतिक्रिया