काठमाडौँ –यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०र८१ मा ९३ करोड २१ लाख ६६ हजार ८ सय १३ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७९\८० को तुलनामा ५ करोड १४ लाख ७९ हजार ५ सय ६६ रुपैयाँ बढी राजस्व संकलन गरेको हो । आव २०७९र८० मा ८८ करोड ६ लाख ८७ हजार २ सय ४७ रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत आव २०८०\८१ मा सबैभन्दा धेरै ७ हजार ६ सय १५ मोटरसाइकल दर्ता हुँदा १ हजार ७ सय ५ इ–रिक्सा दर्ता भएको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार बस १ सय ५६, मिनिबस १०, माइक्रोबस १८, जिप १ सय ६०, कार दुई सय ७०, भ्यान १ सय ३६, पिकअप एकस २९, ट्र्याक्टर १ सय ४५, ट्रक ७८, मिनिट्रक १४ टिपर १४ गत आवमा दर्ता भएका छन् ।
दर्ता भएका जम्मा सवारीमध्ये १ हजार दुई सय ५७ सार्वजनिक, ९ हजार ४ सय ४९ निजी, ११ सरकारी, १३ लिलाम दर्ताका र १ हजार ९ सय ७५ सवारी सरुवा दर्ताअन्तर्गत रहेको यातायात कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया