साउनमा जीवन बीमा कम्पनीले गरे २ अर्बभन्दा बढीको व्यापार, नेपाल लाईफको सबैभन्दा धेरै

साउनमा जीवन बीमा कम्पनीले गरे २ अर्बभन्दा बढीको व्यापार, नेपाल लाईफको सबैभन्दा धेरै


काठमाडौं – आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउन महिनामा जीवन बीमा कम्पनीहरुले २ अर्ब बढी प्रथम बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ११ प्रतिशतले वृद्धि भएको हो ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रथम बीमाशुल्क संकलन गरेको छ । नेपाल लाइफको प्रथम बीमा शुल्क १.८३ प्रतिशतले बृद्धि भई ५६ करोडबाट बढेर ६४ करोड नाघेको छ । त्यस्तै दोस्रोमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफको प्रथम बीमा शुल्क सर्वाधिक ६९.६९ प्रतिशतले वृद्धि भई २४ करोडबाट बढेर ४१ करोड पुगेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले २७ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

एलआइसी नेपालले २० करोड २ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १९ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले १९ करोड ४९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १० करोड ७२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १० करोड ७० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

रिलायबल नेपाल लाइफले ८ करोड ९६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ८ करोड ३२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ७ करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ७ करोड ७६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ४ करोड ४९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।