यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमय दर


काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेकाे छ । राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिद दर १४८.९१ रुपैयाँ र बिक्री दर १४९.५८ रुपैयाँ रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३.९८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५८ रुपैयाँ रहेको छ । त्यस्तै, साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर ३०.५९ रुपैयाँ र बिक्री दर ३०.७३ रुपैयाँ रहेको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७४.६० रुपैयाँ र बिक्री दर १७५.३८ रुपैयाँ रहेकाे केन्द्रीय बैंकले जनाएकाे छ ।

हेर्नुहाेस् आजकाे विदेशी मुद्राकाे विनिमय दर