काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक शेयरधनिहरुको नाममा रहेको संस्थापक शेयर सर्वसाधरणमा बिक्रीमा ल्याएको छ । कम्पनीले २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।
कम्पनीले संस्थापक शेयरधनीले खरीद नगरेसँगै सो शेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो । शेयर खरीद गर्न इच्छुकले ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया