आइजीआई प्रुडेन्सियलले भदौ १६ गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्दै

आइजीआई प्रुडेन्सियलले भदौ १६ गतेदेखि अभिकर्ता तालिम सञ्चालन गर्दै



काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले भदौ १६ गतेदेखि १९ गतेसम्म निर्जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।

इच्छुक व्यक्तिले नागरिकता र प्यान कार्डको प्रतिलिपि, पासपोर्ट साइजको ३ प्रति फोटो र शैक्षिक योग्यताको प्रमाणपत्र भदौ १४ गतेभित्र कम्पनीको इमेल ठेगानामा पेश गरी तालिममा सहभागी हुन सक्नेछन् ।

कम्पनीमा बीमा अभिकर्ता भई कार्य गर्न इच्छुकलाई तालिममा सहभागी हुन कम्पनीले आग्रह गरेको छ । यसका लागि न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले भाग लिन पाउनेछन् ।

तालिम अनलाइन मार्फत विहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ । अभिकर्ता परीक्षा तालिमको अन्तिम दिन १९ गते सञ्चालन गरिने कम्पनीले जनाएको छ ।