आजकाे विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

आजकाे विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा रहेकाे छ ।

त्यसैगरी, युरो एकको खरिद दर १४७ रुपैयाँ ७९ पैसा र बिक्री दर १४८ रुपैयाँ ४५ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ४८ पैसा र बिक्री दर १७४ रुपैयाँ २५ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।