काठमाडौं – समय परिवर्तनसँगै अपराधका शैलीहरू पनि परिवर्तन हुँदै गएका छन् । परिवर्तित अपराधका शैलीहरूमा यति बेला आर्थिक अपराध अन्तर्गत बैंकिङ्ग कसुरले प्रभुत्व जमाइरहेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा १३ हजार बढी बैंकिङ्ग कसुर सम्बन्धी उजुरी दर्ता भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार गत आवमा १३ हजार २६३ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका हुन्। जसमा सबैभन्दा बढी ७ हजार ६६२ मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन् ।
त्यस्तै, गत आवमा लुम्बिनी प्रदेशमा एक हजार १७८ वटा, कर्णाली प्रदेशमा २८६ वटा, सुदूरपश्चिम प्रदेशमा २९७ वटा, गण्डकी प्रदेशमा एक हजार ८२, कोशी प्रदेशमा एक हजार ४, मधेश प्रदेशमा एक हजार १६ र बागमती प्रदेशमा ७३८ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन् ।
याे पनि :



About Us
प्रतिक्रिया