काठमाडौं – डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले ‘माईडिशहोम’ एपलाई पुनः सञ्चालनमा ल्याउने भएको छ । डिशहोमका प्रमुख कार्यकारी अधिकृत (सिईओ) तारा मानन्धरले सबै विभाग प्रमुखहरूको उपस्थितिमा एप लगइन गरी पुनः शुरूवातको घोषणा गरेका हुन् ।
कम्पनीले टिभी, इन्टरनेटलगायतका डिशहोम सेवाहरू प्रदान गर्नका लागि एक सिमलेस, सबैमा एक प्लेटफर्म प्रदान गर्न माईडिशहोम एपको डिजाइन गरेको हो । एपको नयाँ संस्करण प्रयोगकर्ताको अनुभव र सुविधामा सुधार गर्ने उद्देश्यले परिष्कृत सुविधाहरूका साथ एप पुनः सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ।
माईडिशहोम एपले प्रदान गर्ने मुख्य सुविधाहरूमा बायोमेट्रिक लगइन, फुटप्रिन्ट उपलब्धता जाँच, राउटरवाइफाइ सेटिङहरू, रेफरल प्रणाली, अफलाइन मोड, क्रेडिट प्रणाली, पिपीभी खरीद, प्याकेज बुकिङ/खरीद, खाता प्रणाली सम्पादन, र अन्य धेरै सुविधाहरु समावेश गरिएको कम्पनीले बताएको छ ।
एपको पुनः लन्चको साथ डिशहोमले आफ्ना ग्राहकलाई थप एकीकृत र प्रयोगकर्तामैत्री अनुभव प्रदान गर्ने लक्ष्य लिएको र ग्राहकलाई डिशहोमका सबै उत्पादन र सेवा सहज रूपमा स्वव्यवस्थापन गर्ने लक्ष्य लिएको सिईओ मानन्धरले जानकारी दिए । माईडिशहोम एप अब आईओएस एप स्टोर र एन्ड्रोइड प्ले स्टोर दुवैमा डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया