काठमाडौं – बैंकिङ्ग कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरी चौकी मानेभञ्ज्याङ, संखुवासभाबाट खटिएको प्रहरी टोलीले संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर –४ सेकाहाका ५४ वर्षीय लक्ष्मण राईलाई पक्राउ गरेको हो। फरार प्रतिवादी राई उनकै घरबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटामा बैंकिङ्ग कसुर (१६ लाख ५० हजार) सम्बन्धी चालु मुद्दाका फरा राई विभिन्न स्थानमा लुकीछिपी बस्दै आएका थिए । पक्राउ परेका राईलाई थप अनुसन्धान तथा कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय धनकुटामा बुझाइएको छ ।



About Us
प्रतिक्रिया