काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) सार्वजनिक गर्ने भनेकाे माैद्रिक नीति राेकिएकाे छ। मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै आएको राष्ट्र बैंकले तयारी नपुगेको भन्दै रोकेको हो।
यसअधि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बैठक बसेर मौद्रिक नीति पारित गर्ने बताइएको थियो। आज सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय नपुगेकाले तत्काललाई रोकिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।
स्रोतकाअनुसार मौद्रिक नीति आगामी सोमबार सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक रहेको छ ।
प्रतिक्रिया