काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्ड सचिवालयले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बाेर्डले एक वर्षे अवधिका लागि ३३ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।
वैदेशिक रोजगार कल्याणकारी कोषका विभिन्न बैंकको मुद्दती खातामा रहेको रकम यही साउन ११ गते परिपक्व हुने भएसँगै बोर्डले सो रकम पुनः लगानी गर्न लागेको हो।
मुद्दती निक्षेपमा लिन इच्छुक राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरूले आफूले लिन चाहेको रकम तथा सोको ब्याजदरलगायत अन्य विवरण खुलाई साउन ९ गतेसम्म बोर्डको सचिवालयमा गोप्य सिलबन्दी दरभाउ पत्र पेस गर्नुपर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया