नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई एकबर्षे मुद्दती निक्षेपको आवहान

नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई एकबर्षे मुद्दती निक्षेपको आवहान


बैकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेकोे रकम २०७७ जेठ १ गते देखि २०७८ जेठ १ (तद्नुसार मे १४, २०२० देखि मे १५, २०२१) सम्म ३६७ दिनको मुद्दती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी हुने गरी लगानी गर्नु पर्ने भएकोले केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त उल्लिखित शर्तहरु पुरा गरेका वर्गीकृत संस्थाहरुबाट सीमाभित्र रही आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई बैंकले तोकेको शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम भरी मिति २०७७.०१.१२ गते शुक्रबार अपरान्ह १२ः३० बजे भित्र विभागमा पेश गर्न सूचना प्रकाशन गरेको छ ।

शर्तहरु 

क) बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको ।
ख) बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको ।
ग) निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको ।
घ) खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको ।
ङ)  कर्जा/स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको ।
च)  आ।व। २०७५/०७६ मा सञ्चालन मुनाफा (व्यवस्था पछिको) मा रहेको ।
छ) रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको ।
ज) लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई यस बैंकले जरीवाना गरेको अवस्थामा त्यस्तो जरीवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको ।
झ) शीघ्र सुधारात्मक कारवाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको ।
ञ) बैंक तथा वित्तीय संस्था नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारवाहीमा परी समस्याग्रस्त घोषणा नभएको । समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पुरा भएको ।
ट) सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको ।

उल्लिखित शर्तभन्दा फरक हुने गरी दरभाउपत्र पेश गर्न नपाईने राष्ट्र बैंकले जनाएको छ । तोकिएको शर्त भन्दा फरक हुने गरी दरभाउपत्र पेश हुन आएमा पनि राष्ट्र बैंकले तोकेको शर्त बमोजिम नै दरभाउपत्र पेश भएको मानी कार्यान्वयन गरिने व्यहोरा समेत जानकारी गराईएको छ ।