काठमाडौं- हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा राखेको हो ।
बैंकले बिक्रीमा राखेको यो शेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने छन् । शेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
तोकिएको समयमा आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया