काठमाडौं– आज (सोमबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ। दिउँसो १ बजे विमानस्थलमा संकटकालीन योजना अनुसार एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट सम्बन्धी पूर्ण कालिन अभ्यास हुने भएकाले आधा घण्टाका लागी विमानस्थलको नियमित उडान प्रभावित हुने भएको हो।
अभ्यासको क्रममा विमानस्थल वरिपरि कालो धुवाँ, दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता देख्न सकिने छ। यो अभ्यासको मुख्य उद्देश्य संकटमा सहभागि निकायहरु बीच सहयोग अभिवृद्धि गर्ने, उनीहरूको भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गर्दै क्षमतामा सुधार गर्ने, दुर्घटनामा जनधनको क्षति न्यून गर्दै विमानस्थलको सञ्चालन छिटो सुचारु गराउने हो।
यो अभ्यास अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार गरिने भएको हो। याे अभ्यास केही दिन अघी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा पनि गरिएको थियो।
प्रतिक्रिया