काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एयरबस ए ३२० (न्यारोबडी) र ए ३३० (वाइडबडी) जहाज उडाउन सक्ने १० जना पाइलट भर्ती गर्ने भएको छ। निगमले २ जना प्रशिक्षकसहित ४ जना न्यारोबडीका लागि र २ जना प्रशिक्षकसहित ६ जना वाइडबडीका लागि पाइलट माग गरेको छ।
आवश्यक योग्यता पुगेका पाइलटले १५ दिनभित्र आवेदन दिनुपर्नेछ र छनोट हुने पाइलटलाई १ वर्षे करारमा राखिनेछ । छनोट हुने पाइलटले निगमको अन्तर्राष्ट्रिय उडानका जहाज उडाउनु पर्नेछ।



About Us
प्रतिक्रिया