सुन तस्करीमा संलग्नता देखिएपछि पे वेल र सजिलो पेका ६ जना कर्मचारी पक्राउ


काठमाडौं – डिजिटल भुक्तानी कम्पनीहरू पे वेल र सजिलो पे का ६ जना कर्मचारी पक्राउ परेका छन्। झण्डै ६१ किलो सुन तस्करीमा कनेक्सन देखिएपछि उनीहरु प्रकाउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ गरेका १० जनाको अनुसन्धान गर्दा यी कम्पनीको पनि कनेक्सन देखिएको भन्दै राष्ट्र बैंकको सहयोगमा अनुसन्धान अगाडि बढाएको थियो।

कनेक्सन देखिएका ६ जनालाई पक्राउ गरेर अदालतबाट आइतबार ६ दिनको म्याद लिएको सीआईबीले जनाएको छ। पक्राउ पर्नेहरूमा भीमप्रसाद तिमल्सिना, प्रज्ज्वल आचार्य, सुरज जबरा, सुशील बन्जारा, काश्यव मानन्धर र अथुकछाक खम्पा रहेका छन्।