काठमाडौं – प्रहरीले कलंकीको चिया पसलबाट पाँच लाख नक्कली नोट बरामद गरेको छ। प्रहरीले काठमाडौँ महानगरपालिका वडा १४ कलंकीमा चिया पसल संचालन गरी बस्ते तारा देबी डंगोललाई नक्कली नोटसहित प्रक्राउ गरेको हो।
डंगोलको साथबाट नेपाली एक हजार दरका पाँच सय १५ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। उनी माथि थप अनसुन्धान भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया