काठमाडौं – सुनचाँदी व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा गरिएको ५ प्रतिशत भन्सार वृद्धि खारेज गर्न माग गरेका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सुन आयातमा वृद्धि गरिएको निर्णय तत्काल खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो।
सरकारले २०८१/०८२ को बजेटमार्फत सुनको आयातमा लाग्दै आएको १५ प्रतिशत भन्सार दरलाई वृद्धि गरी २० प्रतिशत पुर्याएको छ। सरकारले गत वर्ष भन्सार महसुल विद्येयक २०८० मार्फत सुनको आयातमा भन्सार वृद्धि गरेको थियो।



About Us
प्रतिक्रिया