आइतबारदेखि शुक्रबारसम्म काठमाडौंको विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध


कुन स्थानमा कुन दिन कुन समयसम्म विद्युत् सेवा अवरुद्ध हुन्छ ?

काठमाडौं – काठमाडौंको कीर्तिपुर, कुलेश्वर, जोरपाटी वितरण केन्द्रहरु अन्तर्गतका विद्युत् सेवा एक सातासम्म अवरुद्ध हुने भएको छ । विद्युत् वितरण लाइन भुमिगत गर्ने भएकाले आइतबारदेखि शुक्रबारसम्म यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो। यी फिडरहरू अन्तर्गत विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।