एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाड्ने

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाड्ने



काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंंक लिमिटेडले गत आर्थिक वर्ष २०७९\०८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको जेठ २४ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैंकको उक्त बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र लाभांश नबाड्ने गरी वित्तीय विवरण स्वीकृती लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।