काठमाडौं – नेपाल लाइफ क्यापिटलले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपियाँको १ः ०.५ अनुपातमा १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो। यस शेयरमा आजसम्म कायम संस्थापक शेयरधनीले खरिद आवेदन दिन सक्नेछन्। शेयरको मूल्य प्रतिकित्ता १०० रुपियाँ तोकिएको छ।
हाल कायम संस्थापक शेयरधनीले आफ्नो कायम शेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ। शेयर खरिदका लागि आगामी असार ११ गतेदेखि असार २५ भित्र आवेदन पेस गर्न सकिनेछ।



About Us
प्रतिक्रिया