लक्ष्मी सनराइज क्यापिटलका ग्राहकको डेटा लिक


काठमाडौं- ह्याकरले लक्ष्मी सनराइज क्यापिटल मार्केटका ६ लाखभन्दा बढी ग्राहकहरूको नाम, मोबाइल नम्बर, बैंक खाता लगायतको डेटा लिक गरिदिएको छ। ‘किलसेक’ नामक ह्याकर समूहले क्यापिटलको डाटा लिक गरेको हो। बिहीबार बिहान ह्याकरले डार्क वेबमा लक्ष्मी सनराइज क्यापिटलको डाटा सार्वजनिक गरिदिएको छ।

पछिल्लो चरण यस्ता घटनाहरु बढ्दै गइरहेको छ। केही समय अघिमात्रै नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको पनि ह्याकरले डेटाहरु ह्याक गरेका थिए ।