काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडलाई ग्रामीण दूरसञ्चार सेवाका लागि दिएको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ।
प्राधिकरणले बिहीबार एक सूचना प्रकाशित गर्दै सीजीलाई दिएको ग्रामिण दूरसञ्चार सेवाको अनुमतिपत्र नियमअनुसार नवीकरण नभएकाले स्वतः रद्द गरिएको जानकारी दिएको हाे।
सीजी कम्युनिकेसनले नवीकरण दस्तुरसहित निवेदन पेस नगरेका कारण अनुमतिपत्र दूरसञ्चार ऐन २०५३ को दफा २५ ९५० बमोजिम २०८०–८– १६ देखि स्वतः रद्द भएको प्राधिकरणको सूचनामा उल्लेख छ।
प्रतिक्रिया