हिमालयन रिइन्स्योरेन्सले पायो विश्व चर्चित जिआइसी रिको ट्रिटीमा हिस्सा



काठमाडौं –हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारतस्थित पुनर्बीमा कम्पनी जिआइसी रिको ट्रिटीमा हिस्सा प्राप्त गरेको छ। विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको छ । हिमालयन रिइन्स्योरेन्सले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ । यस सफलतापछि भने कम्पनीलाई आगामी दिनमा अन्य देशमासमेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको कम्पनीले बताइएको छ। हिमालयन रिइन्स्योरेन्सले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।