बैकिङ्ग समाचार । लकडाउनले कृषि क्षेत्रमा पारेको प्रभावबारे कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुुसालले सातै प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्रसिँग शुक्रबार छलफल गरेका छन् । शुक्रबार मन्त्रालयबाट सातैजना मन्त्रीसंग भिडियो कुराकानी गर्दै मन्त्री भुसालले कोरोनाका कारण कृषि र पशुपन्छी क्षेत्रमा परेको समस्या, कृषि उपजको बजार पहुँचलगायतको विषयमा परामर्श गरेको उनको सचिवालयले जनाएको छ । यस्तै किसानलाई सरकारको तर्फबाट दिइने राहत, अबको कृषि योजना, बजेट र यसका प्राथमिकता बारेमा छलफल भएको थियो । |
प्रतिक्रिया