नेपाल र नेदरल्यान्ड्सको खेलअघि डिशहोम फाइबरनेटको अफर, २४ महिने रिचार्जमा १२ महिना निःशुल्क


काठमाडौं – जारी आईसीसी पुरुष टि २० विश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राती ९ः१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दै छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।

डिशहोमले आज दिउँसो ०३ः१५ बजे ‘लेख्नेछौ नयाँ ईतिहास’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर आज राती ११ः५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ। थप जानकारीको लागि डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४००० मा सम्पर्क गर्न सकिनेछ।