काठमाडौँ,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आज एक सूचना प्रकाशित गर्दै बीमितहरुलाई दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।
त्यस्ता बीमितलाई २१ दिनभित्र आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी प्रक्रिया अगाडि बढाउन कम्पनीले आग्रह गरेको छ।
बीमितहरुको २०८१ वैशाख मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएको बीमा दाबी सम्बन्धमा हालसम्म सर्भेयर वा बीमा कम्पनीमा आवश्यक कागजात पेस नभएको वा बीमित पनि सम्पर्कमा नआएका सूचनामा उल्लेख छ।
तोकिएको समयभित्र आवश्यक कागजातसहित सम्पर्कमा नआएमा बीमा दाबीका फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।



About Us
प्रतिक्रिया