नेपालको हवाई क्षेत्रको प्रतिबन्ध इयूद्वारा कायमै 


काठमाडाैं – नेपालको नागरिक उड्डयन (हवाई) क्षेत्र युरोपेली युनियन (ईयू) को उडान सुरक्षा चासो खराब सूचीमा कायमै रहेको छ। हालसालै युनियनले अद्यावधिक (३० मे २०२४) गरेको नयाँ सूचीमा नेपाल खराब सूचीमा यथावत् रहेको हाे।

ईयूको उडान सुरक्षा चासोको सूचीमा नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनीहरू दोहोरिएका छन्।

यसरी खराब सूचीमा पर्ने वायुसेवा कम्पनीले युरोपेली युनियनभित्रका मुलुकको आकाशमा उडान अनुमति पाउँदैनन् । सोही कारण राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले समेत आफ्नो उडान विस्तार गर्न असफल रहँदै आएको छ। ईयूले हरेक ६/६ महिनामा यस्तो सूची अद्यावधिक गर्दै आएको छ।