वैशाख १५ सम्म शेयर कारोबार बन्द 

वैशाख १५ सम्म शेयर कारोबार बन्द 


बैकिङ्ग समाचार । 

विश्वभर फैलिएको कोरोना भाइरसको कारण नेपालको सेयर बजार पनि निकै प्रभावित भएको छ । सरकारले लगाएइको लकडाउनभर सेयर कारोबार पनि नहुने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सरकारले घोषणा गरेको लकडाउन अवधिभर सेयर कारोबार बन्द हुने भएको छ ।

सरकारले वैशाख १५ गतेसम्म लक डाउन गरेको छ । नेप्सेले सूचना जारी गर्दै धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ को उपनियम १ अनुसार (काबू बाहिरको परिस्थितीमा) उक्त लक डाउन अवधिभर धितोपत्रको कारोबार स्थगन गरेको छ ।

\"\"