काठमाण्डौ – सरकारले आउँदो आथिक वर्ष ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को आयव्यय विवरण एवम् बजेट संघीय संसदको संयुक्त बैठक प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
सरकारले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थप गर्ने लक्ष्य लिएको छ । आउँदो आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली थप गरी कुल क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको जानकारी गराएका छन् ।
प्रतिक्रिया