ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड  विनियोजन

ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड  विनियोजन


काठमाडौं–आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले ऊर्जा क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको  बताएका छन्।

अर्थमन्त्री पुनले जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने, विद्युत्को पहुँच बढाउने र विद्युत् खपत बढाउने लगायतका लक्ष्य लिएका छन् ।