११ बजे मन्त्रीपरिषदको बैठक बस्ने बजेट स्वीकृतमात्र एजेण्डा 

११ बजे मन्त्रीपरिषदको बैठक बस्ने बजेट स्वीकृतमात्र एजेण्डा 


काठमाडाैं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे आर्थिक वर्ष २०८१–०८२ को बजेट स्वीकृत गर्न मन्त्रीपरिषदको बैठक बोलाईएको छ । बैठकमा बजेट स्वीकृती बाहेकका अन्य विषयमा छलफल नगरिने भएको छ । 

मंगलबार दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत  गर्दैछन्।अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषद्बाट बजेट प्रस्तुत सम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ। अर्थमन्त्रीले बजेटका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ समेत गर्नेछन्।

बजेटको आकार र आफूले दिएका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा जानकारी गराएपछि प्रस्ताव स्वीकृत गर्ने चलन रही आएको छ ।