काठमाडौं – गणतन्त्र दिवसको पूर्व सन्ध्यामा जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा वृक्षारोपण गरिएको छ। जेठ १५ गते अर्थात् (भोलि) परेको गणतन्त्र दिवसको अवसरमा जिप्रका रौतहटले सोमबार साँझ वृक्षारोपण गरेको हो।



जिप्रका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेको नेतृत्वमा गरिएको वृक्षारोपणमा कार्यालयका अन्य कर्मचारीको पनि सहभागिता रहेको थियो। कार्यालय परिसरमा विभिन्न थरीका फलफूलका बिरुवा रोपिएको हो।


प्रतिक्रिया