काठमाडौं –बदलिँदो परिस्थितिसँगै आजको युग प्रतिस्पर्धात्मक बन्दै गएको छ। हरेक क्षेत्रमा आफू अब्बल हुन प्रतिस्पर्धात्मक वातावरणमा उत्रनै पर्छ । आफूले चाहेको पद अथवा क्षेत्रमा सफलता हासिल नभएको खण्डमा विदेशिने विकल्प रोज्नु सामान्य जस्तै पनि भैसकेको छ । अझ भनौँ पछिल्लो समय त स्वदेशमा कोसिस नगरी विदेशिनेको लहर पनि बढिरहेको छ। यस्तो माहौलमा पनि आफ्नो वरिपरिको वातावरणबाट नै केही प्रेरणा लिएर कोसिस गर्नेहरूको पनि उदय भइरहेको छ। यस्तै आशा र प्रयत्नको ज्योति बाेकेर हिँडेकी मध्ये एक हुन् आकाँक्षा जोशी। आकाँक्षा कोरोना महामारीको समय चलिरहँदा आफ्नो परिवारसँग ‘पून हिल’ मा पुगेकी थिइन्। त्यस दिन त्यहाँ बिजुली बत्ती गएको समयमा सबै पर्यटक लगायत होटलका सबैजना एक ठाउँमा बसिरहेको अवस्थामा उनले अचम्मको कुरा महसुस गरिन । जुन थियो पर्यटकहरूले आफैले आफ्नो देशबाट खाना बोकेर आइरहेका थिए । उनलाई यो कुरा अचम्म लाग्यो र उनी बुझन् उत्सुक भइन र कुरा गर्दा उनले थाहा पाइन कि सबैले प्याकेजिङ खाना बोकेर आउने गरेको रहेछन्।
उनी भन्छिन्, ‘मलाई विदेश जाने सोच कहिले पनि आएन, मैले सानो कुरामा पनि सम्भावना देखे यसरी नै विभिन्न क्षेत्रमा पनि सम्भावना छ।’
नेपालको पर्यटकीय क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाउनुपर्छ भनेर चर्चा परिचर्चा हुने गरेका छन् । सबैको रोजाइको ठाउँमा पर्यटकलाई आवश्यक खाना हामीले उपलब्ध गर्न नसकेको रहेछौ जस्तो उनलाई भयो र यसकै समाधानमा सुरुवात गरिन ‘स्न्याकन नेपाल’
उनले सबैसँग सल्लाह र सुझाव लिएर पर्यटकहरूले रुचाउने किसिमको खानेकुराहरू उपलब्ध गराउने हिसाबले यो व्यवसाय सुरुवात गरेकी हुन् । उनी भन्छिन्, ‘नेपालमा यति धेरै पर्यटकहरूको आगमन भइरहन्छ तर अझै पनि हामीले पर्यटकलाई चाहिने खानेकुरा या पर्यटकको रुचिका विषयलाई ध्यान दिएका छैन रहेछौ। यसकै लागि पनि मैले स्न्याकअनको सुरुवात गरेकी हुँ।’
नेपालको पर्यटकीय क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाउनुपर्छ भनेर चर्चा परिचर्चा हुने गरेका छन् । सबैको रोजाइको ठाउँमा पर्यटकलाई आवश्यक खाना हामीले उपलब्ध गर्न नसकेको रहेछौ जस्तो उनलाई भयो र यसकै समाधानमा सुरुवात गरिन ‘स्न्याकन नेपाल’
उनी आफ्नो व्यवसायको विशेषता भन्दा पनि व्यवसाय नै विशेष किसिमको र फरक परिवेश भएको कारण पनि यो फरक आइडिया रहेको बताउँछन् । ‘स्न्याकनको प्रोडक्ट वा कन्सेप्ट दुनियाँ भरिको लागि नयाँ होइन तर नेपालको परिवेशमा नयाँ कामको सुरुवात हो । यसले पर्यटकीय क्षेत्रलाई सहयोग पुग्छ ।’ ‘नयाँ किसिमको आइडियालाई परियोजना गर्न खोजेर यो व्यवसायको सुरुवात गरेको हो ।’
उनी भन्छिन्, ‘मलाई विदेश जाने सोच कहिले पनि आएन, मैले सानो कुरामा पनि सम्भावना देखे यसरी नै विभिन्न क्षेत्रमा पनि सम्भावना छ।’ उनी अरू युवालाई पनि विदेश नजान सल्लाह दिन्छिन् । धेरै युवाहरू बाहिर गइरहेको अवस्था देखेर आफूलाई पनि नराम्रो लाग्ने उनको धारणा छ ।
‘नेपालमा धेरै अवसरहरू पनि छन् त्यसमा कसरी लक्ष्य निर्धारण गर्ने भन्नेमा भर पर्छ । उद्यमको क्षेत्रमा केही सकारात्मक पक्षहरू देखिरहेका छौ । उद्यम क्षेत्रमा महिलाहरूको सक्रियताले सामाजिक न्याय मात्र नभएर देशको आर्थिक पाटोमा सकारात्मक प्रभाव पारिरहेको छ ।
प्रतिक्रिया