इजरायलमा मारिएकालाई विमानस्थलबाट घर पुर्याउन लागेको खर्च सरकारले दिने

इजरायलमा मारिएकालाई विमानस्थलबाट घर पुर्याउन लागेको खर्च सरकारले दिने


काठमाडौं– सरकारले इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको २८ लाखभन्दा बढी रकम भुक्तानी दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा लागेको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी दिने निर्णय भएको शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।