त्रिुभवन विमानस्थलको आन्तरिक टर्मिनलमा पानी पसेपछि सास्ती

त्रिुभवन विमानस्थलको आन्तरिक टर्मिनलमा पानी पसेपछि सास्ती


काठमाडाैं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पानी पसेपछि यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ।

विमानस्थलको बोर्डिङ पास लिएर सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थान दुई भवन जोडिएको स्थान हो, जहाँ पानी निकासका लागि बनाइएको ढल थुनिएर भल विमानस्थलभित्र पसेको हो।

प्रवक्ता सुवास झाका अनुसार भल पसेपनि उडान तथा अवतरणमा भने कुनै समस्या देखिएन। प्रवक्ता झाले भने, ‘भल पसेका कारण करिब १० मिनेट जति यात्रु र कर्मचारीलाई सास्ती भयो, तर उडान अवतरणमा भने कुनै पनि किसिमको समस्या भएको छैन ।’ उनले नयाँ टर्मिनल बन्नु अगाडिकै ड्रेनेज रहेको र उक्त संरचनामा पानी थुनिएका कारण भित्र चुहिन पुगेको बताएका छन।