शेयर बजारमा गिरावट, कारोबार रकम कति ?

शेयर बजारमा गिरावट, कारोबार रकम कति ?


काठमाडौं– साताको शेयर कारोबारको चौथो दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से ० दशमलव २१ अंकले घटेको हो । झिनो अंकले घटेको नेप्से १९६० दशमलव ६० विन्दुमा पुगेर बन्द भएको छ ।

आज ३०५ वटा कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज १२४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, १२ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् भने दोल्ती पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् । साथै, समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ६७ प्रतिशतका दरले कमाएका छन् ।