निर्धन उत्थान लघुवित्तको नाफा २९९ प्रतिशतले बढ्यो

निर्धन उत्थान लघुवित्तको नाफा २९९ प्रतिशतले बढ्यो


काठमाडौं– निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नाफा २९९.४६ प्रतिशतले बढेको छ । संस्थाले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरणले संस्थाको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको देखाएको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा लघुवित्तले १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.२६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३४.३८ प्रतिशत बढेको छ। संस्थाको कुल सञ्चालन आम्दानी २.७५ प्रतिशत र सञ्चालन मुनाफा ५६९.३७ प्रतिशत बढेको छ।

हाल संस्थाको चुक्ता पूँजी २ अर्ब ६१ करोड २० लाख रुपैयाँ रहेको छ भने संस्थाले जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँ राखेको छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २३ अर्ब ६६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट २४ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।