चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ


काठमाडौं – चोरीमा संलग्न रहेको अभियोगमा शंखरापुर नगरपालिका–१२ बस्ने विवेक भन्ने ४० वर्षीय बिनोद थापा मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेव बस्ने रूपक बस्नेतको घरबाट गत चैत ३ गते मोवाइल, ल्यापटप लगायतको धनमाल तथा गोकर्णेश्वर नगरपालिका–५ बस्ने सृष्टी लामा समेतका घरबाट वैशाख २४ गते विभिन्न मोवाइल, ल्यापटप लगायतका धनमाल चोरी भएको घटनामा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ल्यापटप १ थान, मोवाइल १० थान, आइप्याड १ थान र ट्याव १ थान बरामद भएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।