आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १८१ प्रतिशतले बढ्यो

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १८१ प्रतिशतले बढ्यो


काठमाडौं– आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८१.०४ प्रतिशतले बढेको छ । कम्पनीले प्रकाशित गरेको नाफा
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण कम्पनीको खुद नाफा बढेको देखाएको हो ।

९ महिनासम्ममा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा भने कम्पनीले १६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ८८.२६ प्रतिशत बढेको छ भने कुल आम्दानी ११९.१९ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ९४.८३ प्रतिशत र कुल खर्च ९१.९२ प्रतिशत बढेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ भने विशेष जगेडामा १ अर्ब ६५ करोड ४१ लाख रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २७ करोड ९७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ।