इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कले गर्ने

इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कले गर्ने


काठमाडाैं – वैशाख २६ गतेदेखि सुरु हुने इन्टर कलेज फुटसल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कले गर्ने भएको छ । अखिल नेपाल फुटवल संघको आयोजनामा यही बैशाख २६ गते देखि जेठ ९ गतेसम्म इन्टर कलेज फुटसल च्याम्पियनसिप आयोजना हुँदैछ ।

उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्कले एक्सन स्पोर्ट्स एचडीवान च्यानलबाट गर्ने भएको हो । उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फबाट सिसन बानियाँ र डिश मिडिया नेटवर्कका तर्फबाट विजनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका छन् ।

प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यार्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमहरुलाई ४ समूहमा विभाजन गरी लिगमा नकआउटका आधारमा खेलहरु खेलाइने छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।