गण्डकी विकास बैंकले तिरेन कर

गण्डकी विकास बैंकले तिरेन कर


काठमाडौं– ठूला करदाता कार्यालयले गण्डकी विकास बैंकले कर नतिरेको बताएको छ । ठूला करदाता कार्यालयले एक सूचना जारी गर्दै बैंकले हालसम्म पनि बक्यौता रकम दाखिला नगरेको उल्लेख गरेको हो । बैंकले आयकर नतिरेको पनि उक्त सूचनामा उल्लेख छ ।

सो बैंकसँगै २५ ठुला कम्पनीले कर तिरेका छैनन् । कम्पनीका अनुसार ७ वटा कम्पनीले आयकर तिरेका छैनन् भने ५ वटा कम्पनीले आयकर र मूल्य अभिवृद्धि कर दुवै तिरेका छैनन । १३ वटा कम्पनीले मूल्य अभिवृद्धि कर तिरेका छैनन् ।

ठूला करदाता कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो नाममा कायम रहेको बक्यौता कर रकम दाखिला गर्नहुन वा दाखिला गरिसकेको भए सोको प्रमाण पेस गर्न हुन अनुरोध छ । तोकिएको अवधिभित्र बक्यौता खादिला वा दाखिला गरिसकेको प्रमाण पेस हुन आएमा आयकर ऐन(२०५८ को दफा १०४ देखि १११ सम्म एवम मुल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ (१) दतथा नियमावली, २०५३ को नियम ५२ र ५३ मा उल्लेखित सबै वा कुनै कारबाही गरी बक्यौता असुल उपर गरिने व्यहोरासमेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।’