काठमाडौंका यी क्षेत्रमा एक सातासम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुँदै

काठमाडौंका यी क्षेत्रमा एक सातासम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुँदै


काठमाडाैं– आजदेखि काठमाडौं उपत्यकाका यी क्षेत्रमा दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएकाे छ। विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले दैनिक चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार आज गोठाटार फिडरअन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा विद्युत आपूर्ति हुनेछैन । त्यस्तै २४ गते कालीमाटी र रिगमेन फिडरअन्तर्गत सोल्टी मोडदेखि रविभवनसम्मका क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

त्यस्तै, २५ गते पुनः गोठाटारफिडरअन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म, २६ गते छाउनी आर्मी अस्पताल क्षेत्र, २७ गते पुनः तेजविनायक चोकदेखि मानटारचोकसम्म विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ। त्यसैगरी २८ गते मच्छेगाउँ, कीर्तिपुर फिडरअन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म दैनिक चार घण्टा विद्युत् कटौती हुने बताइएको छ ।