प्राधिकरणको निर्देशनपछि आईएमई लाइफ इन्स्योरेन्सकाे लाभांशमा हेरफेर

प्राधिकरणको निर्देशनपछि आईएमई लाइफ इन्स्योरेन्सकाे लाभांशमा हेरफेर


काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्सले यसअघि घोषणा गरेको लाभांशको दर घटाएको छ। नेपाल बीमा प्राधिकरणको निर्देशनपछि लाभांश घटाइएको कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यसअघि कम्पनीले सेयरधनीका लागि २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगदसहित कुल ३४.५ प्रतिशत लाभांश घोषणा गरेको थियो। कम्पनीले यसमा बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश १.३१ प्रतिशतमा झारेको हो। यो नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ ।