आइतबार सुनको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?

आइतबार सुनको मूल्य स्थिर,कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार घटेको सुनकाे मूल्य आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ४०० रुपैयाँ रहेको छ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार ७५० रुपैयाँ रहेकाे छ । आइतबार चाँदीकाे मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ। मूल्य घटेसँगै चाँदी प्रतितोला एक हजार ६४० रुपैयाँमा कारोबार भइरहेको छ ।