काठमाडौं– इन्फिनिटी वित्तीय संस्था लिमिटेडको खुद नाफासँगै प्रति शेयर आम्दानी पनि बढेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा नाफा बढेको देखिएको हो। उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा २८०. ५७ प्रतिशतले वृद्धि भएको छ।
गत आवको चैत्र मसान्तसम्म कम्पनीले एक करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा बढेर पाँच करोड २५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको संचालन मुनाफामा पनि २८५.८६ प्रतिशतको वृद्धि देखिएको छ।
गत आवको समीक्षा अवधिसम्म एक करोड ९४ लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको यस कम्पनीको चालु आवको सोही अवधिमा बढेर सात करोड ५१ लाख रुपैयाँ पुगको छ । कम्पनीले समीक्षा अवधिमा १९ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको तुलनामा ३.२५ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिमा १९ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद फी तथा कमिशन आम्दानी पाँच करोड ७९ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा २२.२६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आम्दानी सात करोड ४५ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल संचालन आम्दानी ३.८५ प्रतिशतले घटेर २५ करोड ७३ लाख रुपैयाँमा झरेको छ । गत आवको समीक्षा अवधिमा कम्पनीको यस्तो कुल संचालन आम्दानी २६ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा कम्पनीको संचालन खर्च ३.२४ प्रतिशतले बढेर १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ। यता, कम्पनीको खुद संचालन आम्दानी पनि २९.३२ प्रतिशतले बढेर २७ करोड २८ लाख रुपैयाँ पुगको छ । समीक्षा अवधिमा कम्पनीको इम्पेरमेन्ट चार्ज एक करोड ५५ लाख रुपैयाँ ऋणात्मक भएको छ । यससँगै कम्पनीको खराब कर्जा पनि १४.०४ प्रतिशतबाट घटेर ४.९७ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३.७० रुपैयाँबाट बढेर १४.१० रुपैयाँ पुगको छ भने मूल्य आम्दानी अनुपात ५४.४४ गुणा, प्रतिशेयर नेटवर्थ १४४.४५ रुपैयाँ, तरलता अनुपात ७.२२ प्रतिशत, पूँजीकोष अनुपात ११.९४ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ११२०.६९ रुपैयाँ रहेको छ ।



About Us
प्रतिक्रिया