महुली लघुवित्तको ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा

महुली लघुवित्तको ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा


काठमााडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । कम्पनीले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे ।

कम्पनीले संस्थापक शेयरधनीहरू प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्टको नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा रहेको ३ हजार ८८६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरमा संस्थाका हाल विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थाका शेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।