१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय


काठमाडौं- अबदेखि नेपाल सरकारले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदकाे निर्णयमा उल्लेख छ, ‘नेपालमा हाल चलनचल्तीमा रहेको रुपैयाँ १०० (एक सय) दरको नोटको अग्र भागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १०० दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने ।’